Websoft University

शिक्षादीप स्पोर्टस् मिट सुरू


विराटनगर  । विराटनगरस्थित शिक्षादीप कलेजमा  शिक्षादीप स्पोर्टस् मिट २०७९ सुुरू भएको छ ।

 विराटनगरमा बिहीबार  एक कार्यक्रम आयोजना गरी स्पार्टस् मिट सुरू भएको हो ।

 हप्तादिनसम्म संचालन हुने स्पोर्टस् मिटको उद्घाटन कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले गरेका थिए । कलेजका कोर्डिनेटरद्धोय शंकर भट्टराई, बसन्त बस्नेत र खेल संयोजक मणि भट्टराईको पनि उपस्थीति रहेको थियो ।

 शिक्षादीप कलेजले प्रत्येक वर्ष विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्पोर्टस् मिट गर्दै आएको छ । एक हप्तासम्म संचालन हुने स्पोर्टस मिटमा आधा दर्जन बढी खेलहरू समावेस गरिएको छ  । कक्षा ११ र १२ कक्षामा अध्ययरत विद्यार्थीहरूले स्पोर्टस् मिटमा भाग लिनेछन् । स्पोर्टस् मिटमा पाँच सय भन्दा बढी विद्यार्थीहरू सहभागि हुने कलेजका निर्देशक भुपेन्द्र दाहलले जानकारी दिए ।

 स्पोर्ट्स मिटमा क्रिकेट, फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, रनिङ्गलगायतका खेलाहरू रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.