Websoft University

मोरङ क्षेत्र नं ६ मा राप्रपाको बलियो सम्भावना ।


 मोरङ कार्तिक २४ गते, बिहीबार | मंसीर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा राष्ट्रियता, प्रजातन्त्र, उदारवादलाई अंगिकार गरेको राप्रपाको मोरङ क्षेत्र नं ६ मा बलियो सम्भावना रहेको गोपाल क्षेत्री कटुवालले बताएका छन्। चुनावी अभियानमा घर दैलो कार्यक्रममा जाँदा हिजोको दिनमा पटक–पटक अन्य ठूला भनिएका पार्टीहरुलाई भोट दिएर जिताउँदा पनि केही परिवर्तन नभेटे पछि परिवर्तनको लागि एकपटक यसपाली राप्रपालाई भोट दिने जनताको भनाई छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले जनताको मन जित्दै घर–घरमा गएर आफ्ना महत्वपूर्ण एजेण्डा प्रस्तुत गरिरहेको छ। भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो, यो राष्ट्रिय स्लोगनलाई, जोडदार रुपमा उठाउदै संघियता खारेज गर्ने, स्थानीय निकाय बलियो बनाउने, रोजगारीको अवसर सिर्जना गर्ने, समयमा मल विउ तथा कृषि जन्य सामाग्री उपलब्ध गराउने नीति लागू गर्ने, धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र घोषणा गर्ने, खेलकुदमा युवा वर्गलाई प्रेरित हुने किसिमको निति लागु गर्ने, पूर्वाञ्चल विश्वविद्यालयमा रहेको अस्पताललाई सुविधा सम्पन्न बनाई स्थानीय जनतालाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने, अरुलाई हेरियो कयौं पटक, यो पाली हेर्न पर्छ राप्रपालाई, यि यस्तै मुख्य चुनावी एजेण्डा लिएर घरदैलो अभियानलाई निरन्तरता दिईरहेको छ।मंसीर–४ गते हलोमा मतदान गरी राप्रपाका धेरै भन्दा धेरै उम्मेदवारलाई विजयी गराऔं भन्दै हर कोही उम्मेदवारले मतदाता माझ मत मागिरहेका छन्।


एकपटक–यसैपटक भन्दै राप्रपाको यो चुनावी अभियान देशव्यापी रुपमा जारी छ ।त्यसैगरी राष्ट्रीय प्रजातन्त्र पार्टी मोरंग क्षेत्र नं ६ बाट प्रतिनिधि सभा उम्मेदवार समाजसेवी, इमान्दार, दूरदर्शी उम्मेदवार 

गोपाल क्षेत्री (कट्वाल) , मोरंग क्षेत्र नं ६ क. का प्रदेश सभा सांसद उम्मेदवार युवा नेता हिरा भट्टराई, मोरंग क्षेत्र नं ६ समानूपातिक तर्फका उम्मदवार सिता पाण्डे र आशा देवी माझी क्षेत्र नं ६ को विभिन्न स्थानमा चुनावी अभियानमा होमिएका छन्।यस क्षेत्रबाट गएको चुनावमा एमालेका लालवावु पण्डितले कांग्रेसका शेखर कोइरालालाई हराएका थिए र यसपाली राप्रपाले चुनाव जित्ने सम्भावना रहेको कटुवालले दावी गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.