Websoft University

कमेडी च्याम्पियन’ टिम र ओएसारले फिल्म बनाउँदै, विशाल भण्डारीले निर्देशन गर्ने


काठमाडौं कातिक १७ गते । रातो तारा डट कम, स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ टिमले फिल्म निर्माण गर्ने भएको छ । विशाल भण्डारीको निर्देशनमा बन्ने फिल्मको निर्मातामा ओम प्रकाश अग्रवाल रहनेछन् । 

यम थापाको कथामा फिल्म बन्ने भएको हो । बिहीबार निर्देशक भण्डारी, निर्माता अग्रवाल र लेखक थापाबीच सम्झौता भएको छ । थ्रि प्रोडक्सन र ओएसआर डिजिटलको प्रस्तुतीमा बन्ने फिल्मका लागि कलाकारहरु भने तय गरिएको छैन । फिल्मको नामका विषयमा पनि छलफल भईरहेको छ । 

छिट्टै फ्लोरमा निस्कने निर्माण टिमको तयारी छ । चलचित्रको सम्पूर्ण टिम र कलाकारको केहि दिनमा अफिसियल घोषणा गरिने निर्माता अग्रवालले जानकारी दिए। चलचित्र आगामी दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको निर्देशक भण्डारीले जानकारी दिए। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.