Websoft University

आगमी मंसीर ४ गते हुने निर्वाचनमा स्थानिय राजनैतिक दलहरुले निर्वाचन वहिष्कार गर्ने चेतावनी


गाईघाट १७ कार्तिक | रातो तारा डट कम,स्थानिय तहको निर्वाचनमा प्रहरीको  गोली लागी मृत्यु भएका एक यूवकका   आफन्त लाई राज्यले अहिले सम्म क्षतिपुर्ति उपलब्ध नगराएको भन्दै आगमी मंसीर ४ गते हुने निर्वाचनमा स्थानिय राजनैतिक दलहरुले निर्वाचन वहिष्कार गर्ने चेतावनी  दिएका छन् ।

उदयपुरको कटारी  नगरपालिका १० सोरुङ छविसे स्थीत  कालिका माध्यमिक विध्यालय मतदान केन्द्रमा मतदान सकीए लगतै मतपेटिका खोस्न आएको भन्दै प्रहरीले चलाएको गोली लागेर स्थानिय १८ वर्षिय वीर वहादुर कटुवालको मृत्यु भएको थियो । प्रहरीले विनाकारण भिडमा गोली चलाएर युवक को हत्या गरेको भन्दै स्थानियले गरेको आन्दोलनको कारण एक साता मत गणना रोकीएको थियो । 

आन्दोलन र्चकिए पछि स्थानिय वासीन्दा ,राजनैतिक दल , पिडित पक्ष र सरकारी प्रतिनिधि विच सात वुंदेसहमती भएरआन्दोलनरोकिएको थियो । मृतक लाई शहिद घोषण गर्नु पर्ने ,क्षतिपुर्ति वापत पिडित परिवार लाई रकम उपलब्ध गराउनु पर्ने ,गोली चलाउने प्रहरी लाई कार्यवाही गर्नु पर्ने वुंदामा दुवै पक्ष विच सहमति भएको थियो । तर अहिले सम्म सरकारले उक्त सहमती कार्यान्वयन गरेको छैन । 

लामो समय सहमती कार्यान्वयन नगरेको भन्दै स्थानिय  राजनैतिक दलहरुले फेरी सो मुद्घा चर्काएका छन् । उाीहरुले सोमवार सर्वर्दालय भेलाको आयोजना गरी राज्य वाट तत्काल पिडित परिवार लाई क्षति पुर्ति उपलब्ध नगराए मंसीर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन वहिष्कार गर्ने निर्णय गरेका छन् । “वैशाषमै क्षतिपुर्ति दिने कुरा भएको थियो । तर अहिले सम्म पिडित परिवारले एक सुको पनि पाएका छैनन् । ”स्थानिय दिपक कोइराला ले भने ।  

 ‘हामीले  अवको निर्वाचन वहिष्कार गर्ने निर्णय गरेका छौ । ‘ हामीले पटक ,पटक सहमती कार्यान्वयनको लागी आग्रह गरे्का थियौ , तर अझै सरकार पक्ष वाट उपेक्षा गरीएको छ । ’ उनले भने । वैशाष ३१ र जेष्ठ १ गते सरकार पक्ष संग गरीएको सहमती तत्काल कार्यान्वयन नगरे आफनो क्षेत्रमा निर्वाचन पुरै वहिष्कार गरीने उनले वताए । 

सर्वदलिय वैठकमा काग्रेस ,नेपका एमाले ,नेकपा ( माओवादी )लगाएतका दलहरु , स्थानिय वासीन्दा र पिडित पक्षको उपस्थीती रहेको थियो । सो वैठक ले कार्तिक २२ गते प्रमुख जिल्ला अधिकारी सहितको वैठक राख्न माग गरेको वडा अधक्ष्य छत्र वहादुर खड्का ले वताए ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.