Websoft University

पहिलो पटक महिला उम्मेदवार पाएको भन्दै मोरङ ३ का महिला उत्साहित, रेखालाई भव्य स्वागत


मोरङ कातिक १८ गते । रातो तारा डट कम, मोरङ ३ ले इतिहासमै पहिलो पटक महिला उम्मेदवार पाएको भन्दै पथरीशनिश्चरे ८ का माहिलाहरू उत्साहित भएका हुन् । 

आज चुनावी घरदैलो कार्यक्रमका क्रममा पथरीशनिश्चरे ८ स्थित मिलन चोकमा महिलाहरूको समूहले राप्रपाकी उम्मेदवार रेखा थापालाई स्वागत गरेका हुन् । यो क्षेत्र पहिलो पटक महिलाहरूको प्रतिनिधित्व गर्ने व्यक्ति पाएको आफूहरू उत्साहित रहेको उनीहरूले बताएका छन्  । 

थापालाई फुल माला र अभिरसहित स्वागत गर्न आएकी मन्जरा  कार्कीले भनिन् 'यो क्षेत्रमा एउटा महिला प्रतिनिधि भएर कोही पनि आएको थिएन । पहिलो पटक आफ्नो प्रतिनिधि पाएको अनुभूति भएर स्वागत गर्न गएकी हुँ । पहिले पर्दामा मात्रै देखिएको थियो आज आफैँ हाम्रो ठाउँमा आउनु भएको छ । हामी उहाँलाई जिताउने अभियानमा लागेका छौँ ।' 

त्यस्तै स्वागत गर्न आएकी अर्की महिला दुर्गा पोखरेल भन्छिन् 'हामी महिलाहरू धेरै नै उत्पीडनमा परेका छौँ । पुरुष प्रतिनिधि आउँदा हामी हाम्रो समस्या सुनाउन पनि सक्दैनौँ । महिला नै प्रतिनिधि हुँदा आत्मीयताको महसुस गरेर उहाँलाई स्वागत गरेका हौँ ।' 

थापाले महिलालाई तालिम दिने र क्षमता अनुसारको सिप सिकाउने प्रतिबद्धता जनाउँदै आएकी छन् । उनको यो अभियानले आफूलाई राहत मिलेको  मन्जरा बताउँछिन् । 'एक त हामी महिलाहरूलाई चुल्हो र घर धन्दाबाटै फुर्सद हुँदैन । त्यसमा पनि हाम्रा पढेलेखेकै दिदी बहिनीहरू पनि काम बिना त्यसै बस्न बाध्य छन् । अवसर सिर्जना गराइदिने जनप्रतिनिधि भइदिए हामी पनि आर्थिक रूपमा परिवारलाई सहयोग गर्न सक्छौँ ।' 

चलचित्र जगतबाट ख्याति कमाएकी थापालाई मोरङ ३ मा महिलाहरूले दरिलो साथ दिँदै आएकी छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.