Websoft University

निष्पक्षरूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाई गरिने


धनुषा कातिक १९ गते | रातो तारा डट कम,निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्षरूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाई गरिएको बताउनुभएको छ ।

निर्वाचन आयोगद्वारा जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै आयुक्त जबराले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता कार्यान्वयनमा थप कडाई गरिएको बताउनुभयो । ‘स्वच्छ, निष्पक्ष र भयरहित वातारणमा निर्वाचन सम्पन्न गर्न आयोगले दृढतापुर्वक अघि बढेको छ’, आयुक्त जबराले भन्नुभयो, ‘यसका लागि सबै पक्षले इमान्दारपूर्वक आचारसंहिताको परिपालना गर्नु जरुरी छ ।’

उहाँले आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण मात्र नभई अब आयोगले कारबाही गर्न थालेकाले उल्लघंन गर्नेलाई तत्काल अनुसन्धान गरेर कानूनी दायरामा ल्याइने स्पष्ट गर्नुभयो ।

निर्वाचनप्रति जनताको उत्साह बढाउन र मतदातालाई सचेत बनाउने कार्यमा सञ्चारकर्मी र सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने उल्लेख गर्नुहुँदै उहाँले बाहिरी हल्लाको भरमा सूचना प्रवाह गर्दा ठूलो क्षति हुन सक्ने कुरालाई ख्याल गरी पुष्टी गरेर मात्र समाचारसम्प्रेषण गर्नआग्रहगर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.