Websoft University

ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु


ताप्लेजुङ, कार्तिक ३ गते । 
ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ मा भएको ट्याक्टर दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । बुधवार दिउँसो ३ बजे प्रदेश २-०२-०३-००१ त ५६५५ नंम्बरको ट्याक्टर तेलाबुङबाट मैवाखोला-५ काम्साङ फर्कने क्रममा सडकबाट अन्दाजी २५० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका चालक स्थानीय ३१ बर्षीय पासाङ शेर्पा, उनैका भाई २४ बर्षीय फुर्वा शेर्पा, १७ बर्षीया लाकी शेर्पा र २२ बर्षीया सर्मीला शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.