Websoft University

हत्याको आरोपमा ३ जना पक्राउ


झापा, असोज २५ गते । रातो तारा डट कम,झापाको अर्जुनधारा नगरपालिका(११ स्थित बसपार्क एरियामा बस्दै आएका सिदिम्बा(४ सुरुमखिम ताप्लेजुङका २५ बर्षीय नबिन्द्र गुरुङको हत्यामा संलग्न रहेको आरोपमा महिला सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका(११ स्थित बसपार्कमा रहेको ताप्लेजुङ इलाम होटलका संचालक ३८ बर्षीय इन्द्र बहादुर अधिकारी, सोही होटलका स्टाफ फिदिम नगरपालिका(१२ का २१ बर्षीय अमृत आचार्य र आचार्यको श्रीमती २३ बर्षीया बिमला राई रहेका छन । 

उनिहरुले गत असोज १७ गते गुरुङलाई होटलको कोठामा ढुङगाको लोहोरो र चक्कु समेत प्रहार गरी अचेत बनाई होटल भन्दा १५० मिटर टाढा अर्जुनधारा(११ स्थित प्लटिङ रहेको खाली जग्गाको सडक किनारामा फ्यालिदिएको मृत अवस्थामा गुरुङ असोज १८ गते बिहान फेला परेका  थिए ।  

असोज १७ गते गुरुङ र उनिहरु बिच होटलको कोठामा मादक पदार्थ सेवन गरी तास खेल्ने क्रममा वादबिवाद भई झगडा हुँदा लोहोरो र चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.