Websoft University

सवारी दुर्घटनामा

 


  श्याम राई, उदयपुर गाईघाट, २१ असोज |रातो तारा डट कम,कदमाहा–गाईघाट सडक खण्डको त्रियुगा नगरपालिका–३ मिलन चौकमा बुधबार राती भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको  छ ।

बगाहादेखि गाईघाट तर्फ आउँदै गरेको प्र.१–०५–००१ प २१८६ नम्बरको मोटरसाईकलले सडक छेऊमा रोकी राखेको स १ ह २०७६ नम्बरको अटोलाई पछाडीबाट ठक्कर दिदा मोटरसाईकलमा सवार त्रिनपा–१२ पूरानो गाईघाटकी ४५ वर्षिया तुलसा दुलला ( श्रेष्ठ) को उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको जिल्ला ट्राफिक ईन्चार्ज वरिष्ठ प्रहरी नायव निरिक्षक लोक वहादुर दियालीले बताए ।

मृतककी श्रीमान् मोटरसाईकल चालक त्रियुगा नगरपालिकाका कार्यरत कर्मचारी दिलिप श्रेष्ठ सामान्य घाईते भएकाछन्् । मादक पदार्थ सेवनगरि तिव्र गतिमा मोटरसाईकल चलाएकोले सो घटना भएको प्रहरीले जनाएको छ ।

अटोमा सवार त्रिनपा–३ मिलन चौककी ५० वर्षिया पुनासरी विक र १५ वर्षिय मनिष बराईली घाईते भएकाछन् । उनीहरुको जिल्ला अस्पताल गाईघाटमा उपचार भैरहेको छ ।

 

 

 


 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.