Websoft University

नाँच माया बोलको गीतको छायाँकन सम्पन्न


काठमाडौं  असोज २३ गते | रातो तारा डट कम, लामो समयदेखि अमेरिकामा रहेर नेपाली गीत संगीतमा सक्रिय रहँदै आउनुभएकी गीतकार पुनम मोथेको नाँच माया बोलको गीतको छायाँकन सम्पन्न भएको छ । गीतमा शव्द पुनम मोथेकै रहेको छ भने स्वर तिलक बस्नेत र बिन्दु परियारको रहेको छ । 

गायक स्वयम तिलक बस्नेतले संगीत गर्नुभएको गीतको भिडियोतर्फ भने बिना राउत र सरोज प्रजाको अभिनय , पवन सुस्लिङको छायाँकन तथा सम्पादन , प्रशान्त मगरको कोरियोग्राफी तथा जीवन शाहीको निर्देशन रहेको छ ।

लामो समयदेखि संगीत यात्रालाई निरन्तरता दिँदै आउनुभएकी पुुनमको पछिल्लो समय अविरल माया बोलको गीत दर्शक श्रोताले अत्याधिक मन पराउनुभएको थियो । पछिल्लो गीतलाई जस्तै या त्योभन्दा बढी नाँच मायालाई दर्शक श्रोताले मन पराईदिनुहुनेछ भन्ने कुरामा गीतकार पुनम आशावादी रहनुभएको छ । 

नेपाली दर्शक श्रोताहरुलाई प्रवाशमा रहेकी नेपाली चेलीको तिहारको कोशेली स्वरुप गीतको भिडियो असोज २६ गते सार्वजनिक हुँदैछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.