Websoft University

सुरक्षा सामाजिक उद्यमी महिला सहकारी संस्थाको अध्यक्षमा गोमा कट्वाल देउजा


शिव भट्टराई,मोरङ असोज ८  गते, शनिबार | रातो तारा डट कम,सुरक्षा सामाजिक उद्यमी महिला सहकारी संस्थाको अध्यक्षमा गोमा कट्वाल देउजा सर्वसम्मत चयन भएकी छिन्। मोरङको सुन्दरहरैंचा ६ स्थित गछियामा रहेको सुरक्षा सामाजिक उद्यमी महिला सहकारी संस्थाको १२ औं साधारण सभाको अध्यक्ष सहित ११ जना सञ्चालक समिति सर्वसम्मत चयन भएका छन्। साधरण सभामा अध्यक्ष गोमा कट्वाल देउजा, उपाध्यक्ष कमला घिमिरे, सचिव तुलसा घिमिरे , कोषाध्यक्ष विद्या चापागाईं सहित ७ जना सदस्य कार्यसमितिमा र इन्द्रमाया खत्रीको संयोजकत्वमा २ सदस्य लेखा समिति सर्वसम्मत चयन भएका छन्।


संस्थाकी अध्यक्ष दुर्गा भट्टराईको सभापतित्वमा भएको साधारण सभामा 

सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यता रहेको थियो।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सुन्दरहरैंचा नगरपालिकामा रहेका ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तामा रु एक हजार थपेर ५ हजार बनाइएको बताउँदै संस्थाको साधारण सभाबाट चयन भएका नयाँ कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन्।   


कार्यक्रममा अतिथि जिल्ला कृषि सहकारी संघ मोरङका उपाअध्यक्ष सोभितमान पौडेल लगायत सहकारी संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, सेयर सदस्यहरू साथै सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। संस्थाले हाल सम्म २४५९ जना सेयर सदस्य बनाउन सफल भएको छ। साधारण सभाको अवसरमा संस्थाले विभिन्न विधामा उत्कृष्ट शेयर सदस्यहरुलाई कृषि सामाग्री सहित दोसल्ला ओडाएर  सम्मान गरेको थियो भने उक्त कार्यक्रम संस्थाकी सचिव भगवती पराजुलीले सञ्चालन गरेकी थिइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.