Websoft University

विराटनगर महानगरका मेयर कोइराला मलेसिया प्रस्थान


विराटनगर | रातो तारा डट कम, सिटीनेटको निमन्त्रणमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला मलेसिया प्रस्थानगरेका छन् ।

तीन दिने सिटीनेटको नेशनल कंग्रेसमा सहभागी हुन मेयर कोइराला सोमबार मलेसिया प्रस्थान गरेका हुन् । विराटनगर महानगरपालिका सिटीनेटको स्थायी सदस्य हो । मेयर कोइराला विराटनगर महानगरपालिकाको प्रतिनिधित्व गर्दै मलेसिया प्रस्थान गरेको मेयरका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । सिटीनेटमा एसिया प्यासिफिक राष्ट्रहरूको प्रमुख सहरका महानगर र नगरपालिका सदस्य रहेका छन् ।

नेशनल कंग्रेसअन्तर्गत सिटीनेटको कार्यकारिणी समितिको निर्वाचनसमेत हुनेछ । सिटीनेटमा विभिन्न मुलुकका सहरका मेयरहरूको सहभागिता हुने भएकाले भ्रमण उपलब्धिमूलक हुने मेयर कोइरालाले प्रतिक्रिया दिए । “मेयरहरुको सञ्जाल सिटीनेटमा विराटनगर महानगर सदस्य भएकाले सम्मेलनमा सहभागी हुँदा उपलब्धिमूलक नै हुनेछ,” मेयर कोइरालाले भने, “त्यहाँ रहँदा विभिन्न देशबाट आउने मेयरहरूसित स्थानीय तह सञ्चालनका अनुभव आदानप्रदानसमेत हुनेछ ।”

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.