Websoft University

डीभीएम स्कूलका प्राचार्य डा सिटौला मेची महाकाली बुहारी संयुक्त आवाजद्वारा इटहरीमा सम्मानित


 मोरङ | रातो तारा डट कम, डीभीएम स्कूलका प्राचार्य डा वेणु प्रसाद सिटौला मेची महाकाली बुहारी संयुक्त आवाजद्वारा इटहरीमा सम्मानित भएका छन्।सुनसरीको इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा भएको मेची महाकाली बुहारी संयुक्त आवाजको तेस्रो वार्षिकोत्सवको अवसरमा संस्थालाई पुर्याएको योगदानको कदर गर्दै नेपाल दयानन्द वैदिक मिसन ग्लोबल एकेडेमीका प्राचार्य डा बेणुप्रसाद सिटौलालाई" दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मानित गरिएको छ। डा सिटौलाले विभिन्न अन्तर्राष्ट्रिय मञ्चको माध्यमबाट शिक्षा र शैक्षिक क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै यो सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ।सिटौलाले यस अघिनै धेरै अन्तराष्ट्रिय  शैक्षिक कार्यक्रममा सहभागी भई शिक्षा क्षेत्रमा सक्रिय व्यक्तिको रुपमा आफूलाई स्थापित गरिसकेका छन । शिक्षाक्षेत्रको अन्तराष्ट्रिय विशिष्ठ पत्रिका "द एकसलीजेन्ट" ले सन् 2022 का शिक्षाका 100 सक्रिय व्यक्तिको रुपमा सिटौलाको प्रोफाइल समेत प्रकाशित गरिसकेको छ।उनले गरेको उत्कृष्ट कार्यहरूको कदर  गर्दै उनलाई हौसला स्वरूप यो सम्मान गरिएको हो। सो कार्यक्रममा इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेल, जनप्रतिनिधि,राजनीतिक सामाजिक व्यक्तित्वहरू लगायत मेची महाकाली बुहारी संघ सँग आवद्ध महिलाहरुको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.