Websoft University

अवैध कपडा सहित २ वटा सवारी साधन र अवैध चिनी बरामद


झापा, भाद्र २० गते । रातो तारा डट कम,झापाको दमक नगरपालिका-८ स्थितबाट अवैध कपडा सहित २ वटा सवारी साधन प्रहरीले  नियन्त्रणमा लिएको छ । हिजो दिउँसो साढे १ बजे बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी नायव उपरीक्षक सहितको प्रहरी टोलीले दमकको पशुहाट डाँडा स्थित पुर्व पश्चिम राजमार्गमा सवारी साधन चेक जाँच गर्ने क्रममा प्रदेश १-०१-००१ ज ३४३८ नम्वर र  मे. १ ज २८०४ नम्वरको पिकअप गाडीमा अवैधरुपमा बोकेको बिभिन्न प्रकारका कपडाहरु बरामद गरेको हो । बरामद गरिएको करिव २२ लाख ६ हजार मुल्य बरावरको अवैध कपडा सहित २ वटा पिकप गाडी र दुवै सवारी चालक समेतलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाईएको र अन्य थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

यसै गरी बिशेष सुचनाको आधारमा दिउसो साढे २ बजे इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले झापाको बाह्रदशी गाउँपालिका-३ राजगढ बजारको पशुहाट स्थित खाली सार्वजनिक स्थानमा भन्सार छली अवैधरुपमा चोरी पैठारी गरी भारतबाट नेपालमा ल्याई राखेको २ हजार किलोग्राम (४० बोरा) चिनी बरामद गरेको छ । बरामद गरेको उक्त चिनी आवश्यक कारवाहीको लागि भद्रपुर भन्सार कार्यालय झापामा बुझाएको र अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.