Websoft University

आत्महत्या रोकथाम सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न

 


दमक ,असोज २ गते | रातो तारा डट कम,समाजमा रहेका सरोकारवाला पक्षले आत्महत्या विरुद्ध आफनो जिम्मेवारीको पहिचान गरी सचेतना फैलाउन सके आत्महत्या घटना दरमा कमी आउने झापामा प्रमुख जिल्ला अधिकारी छवि लाल रिजालले बताउनु भयो । 

इलाका प्रहरी कार्यालयले आज दमकमा आयोजना गरेको आत्महत्या रोकथाम सम्वन्धि सचेतना कार्यक्रमलाई सम्वोधन गर्दै कानुन बनाएको छ भनेर मात्र आत्महत्याको घटनामा न्युनिकरण नहुने बताउनु भएको हो । झापामा यसको उच्चदर रहेको हुदा यसलाई घटाउदै लैजान स्थानिय सरकार ,स्थानिय संघ संस्था सबैले योजना कार्यक्रममा राख्नु पर्ने रिजालले बताउनु भयो । 


आत्महत्या बढनुको कारणमा धेरै कारणहरु रहे पनि आर्थिक समस्या पनि एउटा ठूलो कारण रहेको यस घटनाको शिकार आर्थिक,सामाजिक रुपले पछाडी पारिएका दलित,सिमान्तकृत लगायतका समुदाय बढी रहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनु भएको छ । दमक नगर पालिकाका प्रमुख राम थापाले यसको बढदो उच्च दरलाई घटाउन स्थानिय सरकार सहितका सबै पक्षको सहकार्य हुनु पर्ने बताउनु भयो ।

 जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक तथा कार्यालय प्रमुख विश्वमणी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर पालिकाका उपप्रमुख रेगिना भटराई प्रसाईले आत्महत्याका घटना न्युनिकरण गर्न गाउँ,टोल सम्म अभियान सन्देशहरु चलाउनु पर्ने बताउनु भयो । 

झापाका प्रहरी प्रमुख पोखरेलले प्रहरी कार्यालय जिल्लाको तथ्याङ हेर्दा पालिका स्तरमा सबै भन्दा बढी आत्महत्या हुने मेची नगर पालिका,दमक पाँचौ तहमा रहेको बताउनु भयो । जसले निरासाका कुरा गर्दछ ,एकान्तमा बस्न मन पराउछ भने त्यस्ता ब्यक्तिलाई एक्लै छोडन नहुने समुहमा राख्नु पर्ने प्रमुख पोखरेलले बताउनु भयो । 

कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी दिलीप गिरीले कार्यक्रममा झापामा आत्महत्याको अवस्था ,आत्महत्या गर्ने तरिका ,उनीहरुले आत्महत्या गर्नको कारण ,ब्यक्तिले आत्महत्या गर्नु अघि देखिने संकेत आदि विषयमा सहजीकरण गर्नु भएको थियो ।

स्थानिय सामाजिक संघ संस्था,स्काउट,एन.सी.सी.,विधार्थी लगायतको सचेतना रयाली दमक नगर पालिका प्राङणवाट भेला भएर दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा आएर कार्यक्रममा परिणत भएको प्रहरी निरिक्षक देवानन्द मिश्रले जानकारी दिनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.