Websoft University

वेलका नगरपालिकामा विहिवार २५ जना मा डेंगु को संक्रमण देखिए

 


गाईघाट  | रातो तारा डट कम,उदयपुरमा डेंगुको संक्रमण फैलिन थालेको छ । जिल्लाको वेलका नगरपालिकामा विहिवार २५ जना मा डेंगु को संक्रमण देखिएको हो । नगर अस्पताल रामपुर मा ६० जना विरामीको परिक्षण गराउदा २५ जना मा डेंगु संक्रमित पुष्टी भएको मेयर अशोक कार्कीले वताए । जिल्लाकै कटारी नगरपालिका र त्रियुगा नगरपालिका क्षेत्रमा पनि एक साता अघि २० जना भन्दा वढी मा संक्रमण देखीएको थियो । डेंगु तिव्र गतिमा फैलन थालेपछि त्रियुगा , कटारी , चौढण्डीगढी र वेलका नगरपालिकाले आ आफ्नो क्षेत्र भित्र लामखुट्टे नष्ट गर्ने अभियान अन्र्तगत फगिङ स्प्रे मार्फत औषधि छर्कने काम शुरु गरेको छ । सवै वडाहरुमा जनचेतना मुलक कार्यक्रम संचालन गरेर सुरक्षा अपनाउन नगर वासीमा अनुरोध गरेको मेयर कार्कीले वताए । त्रियुगा नगरपालिकाले पनि पानि जमेको खाल्टा खुल्टी  पुर्ने , औषधि छर्कने काम शुरु गरी सकेको मेयर वस्नेतले वताए । नेपालमा डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मंन्त्रालय को अनुसार विहिवार सम्म १२ हजार २ सय १६ जनामा डेंगु संक्रमीत पुष्टी भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.