Websoft University

सुन्दरहरैंचा नगरपालिकाको नगर योजना सहितको बजेट पुस्तिका सार्वजनिक


शिव भट्टराइ-मोरङ | रातो तारा डट कम,सुन्दरहरैंचा नगरपालिकाले आफ्नो आर्थिक वर्ष २०७९\०८० को वार्षिक बजेट, नीति तथा कार्यक्रम र नगर विकास  पुस्तिका सार्वजनिकीकरण गरेको  छ । आइतबार हसिना सभा हलमा एक कार्यक्रमको आयोजना गरि १०औं नगर सभाद्वारा  पारित वार्षिक नगर विकास योजना सहितको  नीति, कार्यक्रम र बजेटलाई  पुस्तकको रुपमा सार्वजनिक गरेको हो । पुस्तक सार्वजनिक प्रमुख अतिथि प्रदेस सांसद  राजकुमार ओझाको प्रमुख अतिथ्यतामा गरिएको थियो  ।  

मोरङका १७ वटा  पालिकाहरु मध्ये  जनसंख्याको आधारमा बिराटनगर महनगरपालिका पछि ठुलो नगर  सुन्दरहरैंचा नगरपालिकालाई लिइन्छ । सुन्दरहरैंचाको पहिचान, समृद्धि र सुशासन भन्ने मूल नारा बोकेको यस पालिकाले  चालु आ.व. का लागि २ अर्ब ५ करोड १० लाख ५५ हजार ३ सय ९१ रुपैयाँ बराबरको बजेट रहेको छ जसमध्ये चालु खर्च तर्फ १ अर्ब ५९ करोड ५० लाख ५ हजार ६ सय ११ रुपैयाँ ७१ पैसा विनियोजन गरिएको  छ । 


 सो अवसरमा नगर प्रमुख केदारप्रसाद गुरागाईले चालु आर्थिक वर्षको विकास बजेटलाई सदुपयोग गरी समयमा नै विकास निर्माणका कार्य सम्पन्न गर्न र विकास बजेटको खर्च बढाउन योजनालाई कार्यान्वयनमा लैजाने जानकारी दिनुभयो । साथै उहाँले फोहोरमैला व्यवस्थापन, शिक्षा, स्वास्थ्य, पूर्वाधार बिकास, खानेपानीलाई मुख्य प्राथामिकतामा राखेको जानकारी दिनुभयो।उहाँले विगतमा आर्थिक वर्षको अन्त्यमा जथाभावी खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्दै यसवर्ष समय भित्र सबै योजनाको काम सम्पन्न गर्ने समेत बताउनुभयो साथै गत आ.व को  ३१ करोड ३४ लाख ७२ हजार ६ सय रुपैयाँ दायित्वको रुपमा रहेको रकमको समेत मिलान गरको कार्यक्रममा जानकारी गराउनुभयो ।

विशेष अतिथि मोरङ जिल्ला समन्वय समितिका अध्यक्ष अजम्मर राईले नेपालमा दिगो विकास अहिलेसम्म नभएको बताउनुभयो  । सडक पिच गरेको केही दिनमा बिजुलीको पोल गाड्ने, तार टाँग्ने, नाली निर्माण गर्ने नाममा भत्काउने गरेकाले यसको दीर्घकालीन समाधान गर्दै विकास निर्माणमा जोड दिनुपर्ने उहाको भनाइ थियो  ।

 कार्यक्रमको औचित्व माथि नगर प्रवक्ता तथा १२ नं वडाका वडा अध्यक्ष  रोशनप्रसाद ढकालले प्रकाश पार्नुभएको थियो  । भने उपमेयर अकली चौधरीले स्वागत मन्तब्य र  वडा न. ४ का वडा अध्यक्ष कैलाश बस्नेतले मन्तव्य राख्नु भएको थियो । उहाँले १२ वटै अध्यक्षहरुको प्रतिनिधित्व गर्दै मन्तब्य राख्नु भएको हो।कार्यक्रममा निवर्तमान उपप्रमुख धनमाया तामाङ, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संचारकर्मी, बिषयगत शाखाका कर्मचारी, १२ वटै वडाका वडा अध्यक्षहरु, वडा नं ६ का निवर्तमान वडा अध्यक्ष जीवन राई, सरोकारवाला निकाय लगायतको उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.