Websoft University

युवा रेडक्रस सर्कलद्वारा भलिवल प्रतियोगिता


मोहन कुमार राई ÷ असोज २ गते | रातो तारा डट कम,चैनपुर÷संखुवासभा बहुमुखी क्याम्पसमा युवा रेडक्रस सर्कल द्वारा भलिवल प्रतियोगिता सम्पन्न गरेको छ ।

क्याम्पसका युवा रेडक्रस सर्कलले नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा भलिवल प्रतियोगिताको आयोजना गरेको युवा रेडक्रस सर्कल प्राध्यापक नायक चन्द्रमणि दाहालले वताउनुभयो । ४ वर्षे स्नातक तहका शिक्षा, मानविकी र वाणिज्य संकायका विद्यार्थीहरु वीच अन्तर संकाय भलिवल प्रतियोगिता सञ्चालन भएको रेडक्रस सर्कलका अध्यक्ष आमोद कार्कीलेवताउनुभयो ।

शनिवारबाट सञ्चालन भएको उक्त खेल आज सम्पन्न अन्तर संकाय भलिवल प्रतियोगितामा प्रथम स्थान स्नातक तह, व्यवस्थापन संकाय दोस्रो वर्षका छात्रहरुको टिम भएको टिम क्याप्टेन भरत अधिकारीले वताउनुभयो ।  त्यसैगरी तेस्रो स्थान शिक्षा संकाय तेस्रो वर्ष आमोद कार्कीको टिम भएको थियो ।

विजयी टिमहरुलाई क्याम्पस प्रमुख चुडा बहादुर कटुवालबाट अविर तथा प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.