Websoft University

नुहाउने क्रममा नहरमा डुबी मृत्यु


सुनसरी, भाद्र १७ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ बाङ्गे स्थित चतरा झुम्का नहरमा नुहाउने क्रममा २ जनाको डुबी मृत्यु भएको छ । हिजो बिहान पौने १० बजे नहरमा नुहाउने क्रममा बराहक्षेत्र-४ कि ३६ बर्षीया शोभो खडका र डिक बहादुर खडकाको १४ बर्षीया छोरी सलिना खड्का पानीमा डुबी बेपत्ता भएकोमा शोभा खडकालाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागि विजयपुर अस्पताल धरान लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको र पानीमा डुबी बेपत्ता भएकि सलिना खडकाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट  खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा ३०० मिटर टाढा नहरको पानीमा डुवी मृत अवस्थामा फेला परेको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.