Websoft University

टानमा पदस्थापन तथा सपथ ग्रहण


काठमाडौं | रातो तारा डट कम,पर्यटन व्यवसायीहरुको छाता संठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को सम्पन्न ४४ औ साधारणसभा तथा अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुले आज पदभार ग्रहण गरेका   छन् । आजै उनीहरुले सपथ ग्रहण समेत गरेका   छन् ।

काठमाडौंमा आयोजित एक समारोहका बिच नवनियुक्त कार्यसमितलाई बधाई तथा शुभकामना समेत प्रदान गरिएको टानका नवनियुक्त महासचिव बिनोद सापकोटाले जानकारी दिए । सापकोटा चलचित्र निर्माता समेत हुन् । उनले आफ्नो नयाँ टिमले विगतको समितीले गर्न नसकेका, काम सुरु गरेका तर सम्पन्न नभएका बिषयसँगै पर्वतिय पर्यटन व्यावसायिका अन्य विभिन्न समस्या समाधानमा जुटिसकेको र सरकारबाट ध्यानाकर्षण गराउनुपर्ने अनेक बिषयमा समेत काम गर्ने प्रतिवद्धता गरेको समेत बताए ।

केहि दिन अघि टानको ४४ औं साधारसभा तथा अधिबेशन भएको थियो । अध्यक्षमा निलहरि बास्तोला बिजयी भएका थिए । उनले आफना प्रतिस्पर्धी रामप्रसाद सापकोटालाई भारी मतले हराउँदै विजयी हासिल गरेका थिए ।

यस्तै टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्धितिय उपाध्यक्षमा धन बहादुर गुरुङ, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित भएका थिए । यस्तै सदस्यहरुमा राम प्रसाद बन्जरा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, सुवास भण्डारी, लाक्पा दोर्जे सेर्पा, र कृष्णबहादुर परियार निर्वाचितभएकाथिए ।

कार्यक्रममा बोल्दै नव नियुक्त अध्यक्ष बास्तोलाले पर्यटन ब्याबसायीहरुको हक हित र व्यवसाय प्रवद्र्धनमा जस्तोसुकै चुनौती सामना गरेर भएपनि काम गर्ने बताए । टानको कार्यसमितीको कार्यअवधी २ बर्षको हुनेछ । टानमा १२ सय भन्दा धेरै सक्रिय व्यावसायी छन् । भाद्र १७ गते २०७९,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.