Websoft University

प्रतिबन्धित लागुऔषध सहति ५ जना पक्राउ

फोटो फाएलबाट-

बिराटनगर, भाद्र २६ गते । झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा धरान उप-महानगरपालिका-१५ का ३२ बर्षीय निश्चल  बुढाथोकीलाई १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने प्रहरी चौकी कुशेचौरी मोरङबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा रहेका पथरी शनिश्चरे-९ का २८ बर्षीय मिलन भण्डारी र २० बर्षीय अभिषेक लिम्बुको साथबाट ६०० मिलिग्राम ब्राउन सुगर र ट्रामाडोल ४८ चक्की, स्पाईसपेन ८५ चक्की सहित पक्राउ गरेको हो । यसै गरी झापाको मेचीनगर नगरपालिका -६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका धरान-१६ सुनसरीका ३७ बर्षीय युसुफ सुब्वा र  २७ बर्षीय  थोमस राईलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनाको थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.