Websoft University

बाल विकास शिक्षकको पारिश्रमिक कटौति, विराटनगर महानगर विरुद्ध आन्दोलन

विराटनगर | रातो तारा डट कम, विराटनगर महानगरपालिकाले बाल


विकास शिक्षकले पाउँदै आएको न्यूनतम पारिश्रमिक कटौति गरेपछि आन्दोलनमा उत्रिएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी महानगरपालिकाले बाल विकास शिक्षकको न्यूनतम मासिक पारिश्रमिकमा दुई हजार रुपैयाँ कटौति गरेपछि आन्दोलनमा उत्रिएका हुन् ।

 महानगरपालिकाले यसअघि बाल विकास शिक्षकलाई मासिक ७ हजार रुपैयाँ दिदै आएको थियो । २०७९÷०८० महानगरपालिकालले ल्याएको नीति तथा कार्यक्रममा बजेट व्यवस्थापन गरिनुपर्ने भन्दै २ हजार रुपैयाँ घटाएर मासिक पाँच हजार रूपैयाँ दिने निर्णाय गरेको थियो । सोही निर्णाय अनुसार महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले १७ भदौमा विराटनगरका सम्पूर्ण सामुदायिक विद्यालय, बालविकास केन्द्रहरूलाई परिपत्र गरेको छ ।

 खाइपाइ आएको पारिश्रमिक बढाउनुपर्नेमा आर्थिक व्यभार बढेको भन्दै दैनिक ६ घण्टा श्रममा खटिने बाल विकासको शिक्षकहरूको पारिश्रमक कटाएपछि आन्दोलनमा उत्रिएका छन् । विराटनगरका १ सय ४६ जना बाल विकास शिक्षकहरू आइतबारदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले विराटनगर महानगरपालिको गेटमा धर्ना दिएर खाइपाइ आएको पारिश्रमिक नकटाइ महानगरले दिने ७ हजार रुपैयाँ कायम गरिनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरूले सोमबार पनि महानगरको गेटमा धर्ना दिए । ६ घण्टासम्म बालवालिकाहरुको पठनपाठनमा खटिने शिक्षकको पारिश्रमिक वृद्धि गरिनुपर्नेमा विराटनगर महानगरपाकिालले शिक्षकहरुको तलब घटाएर अन्याय गरेको बाल विकास शिक्षक संघर्ष समितिको संयोजक सावित्रा निरौलाले बताइन् ।

महानगरपालिकाबाट बिगतमा पाउँदै आएको पारिश्रमिकको सुनिश्चिता नभएसम्म बाल विकास शिक्षकहरू आन्दोलनमा उत्रिने उनले बताइन् । ‘यहाँ दुई दशकदेखि अध्ययन गराउने बाल विकासका शिक्षकहरू रहेका छन् । १३ सय रूपैयाँबाट पढाउँदै मासिक ७ हजार रुपैयाँ पु¥याएको थियो । त्यो पनि अहिले आएर घटाएर मासिक ५ हजार रुपैयाँ मात्र दिने निर्णाय गरेको पत्र अहिले आएर थापा भयो,’ उननले भनिन्, ‘बाल विकास शिक्षकको सेवा सुविधा बढाउनुपर्नेमा अहिले झन घटाएर स्थानिय सरकारले शिक्षकहरुलाई अन्नाय गरेको छ ।’

महानगरपालिको निर्णाय तत्काल नसच्याएसम्म निरन्तर रूपमा आन्दोलनमा उत्रिने उनले बताइन् । बाल विकास शिक्षकहरूले महंगी भत्ता पनि पाउनुपर्ने उनीहरुको माग छ । बौद्धिक श्रम शोष गर्न पाइदैन, हाम्रो माग सम्बोधन गर, बाल विकास शिक्षकलाई सम्मानजन व्यवहार गर, शिक्षकलाई स्थानिय सरकार भएको प्रत्याभुति गरियोस, खाइपाइ आएको तलब घटाउने धृदता नगरीयोसलगायतको प्लेकाटसहित आन्दोलनमा उत्रीएका छन् ।

पहिलो चरणको आन्दोलनबाट बाल विकास शिक्षकको माग पुरा नभए दोस्रो चरणको सशक्त आन्दोलन सुरू गर्ने बाल विकास शिक्षक संघ मोरङकी अध्यक्ष लीला धमालाले बताइन् । उनका अनुसार मोरङभरीमा ९ सय जना बाल विकास शिक्षकहरू रहेका छन् ।

विराटनगर महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख दुर्गाप्रसाद खतिवडाले संघिय सरकारले बाल विकास शिक्षकहरूको दिने अनुदान रकम बढाएपछि विराटनगर महानगरपालिकाले घटाएको बताए । ‘बाल विकास शिक्षकहरूले पहिला जति पाइदै आएका थिए । अहिले पनि तेहीनै पाउने गरेका छन्,’ उनले भने, ‘संघिय सरकारले यसअघि ८ हजार र महानगरपाकिाले ७ हजार रुपैयाँ दिने गरेको थियो । अहिले संघिय सरकारले १० हजार र महानगरपाकिलाले ५ हजार दिने भनिएको हो ।’ 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.