Websoft University

स्वास्थ्य चौकी मालवासेमा पानीको समस्या भएपछि आकासे पानी जम्मा गर्न कार्यालयमा राखीएको प्लाष्टिक टयाङकी


घाईघाट १६ भदौ | रातो तारा डट कम,रौतामाई गाउपालिका ४ स्थीत स्वास्थ्य चौकी मालवासेका कर्मचारीहरु लाई पानि अभाव हुदा शौचालय जान समस्या परेको छ ।स्वास्थ्य चौकीमा पानीको सधै अभाव हुने गरेकोले त्याहा कार्यरत कर्मचारीहरु शौच गर्न आप्mनै घरमा जाने गरेका छन् । गाउ हुदै तल स्वास्थ्य चौकीमा ८÷ ९ वर्ष अघि पाइप मार्फत पानि आपुर्ती हुदै आएको मा अहिले पानी जती सवै वस्तीमा नै खपत हुने गरेकोले चौकीमा पानीको निकै अभाव भएको अनमी रिता वरालले वताईन् । पानी अभाव भएपछि स्वास्थ्य चौकीका कर्मचारीहरुले आकाशमा परेको पानीको भर पर्नु परेको छ । कर्मचारीहरुले वर्षाको पानि जम्मा गरेर तल प्लाष्टिकको टयाङकीमा जम्मा गरी त्यही पानी शौचालय र हात धुन प्रयोग गर्ने गरेकाछन् । ‘ वर्षातमा जम्मा गरेको पानी मुश्किलले दुई÷तिन महिना भन्दा वढी पुग्दैन त्यस पछि हामी लाई समस्या हुन्छ । वरालले भनीन् । ‘ पानि खान घर वाटै वोकेर आउनु पर्छ । स्वास्थ्य चौकी संगै रहेको सरस्वती माध्यमिक विध्यालय ले समेत यही नियती भोग्नु परीरहेको छ । विध्यालयका झण्डै १ सय ५० जना विध्यार्थि र १२ जना शिक्षकहरु शौच गर्न जंगल वा घर जानु पर्ने वाध्यता छ । विध्यालयमा पानिको निकै समस्या छ । प्रधानाध्यापक कमल वस्नेत भने  । पानी आपुर्ती र व्यवस्था सहज गरिदिन गाउपालिकामा पटक, पटक आग्रह गरीएको तर कुनै सुनुवाई हुन नसकेको उनले वताए । गाउपालिकाका अध्यक्ष वीरेन्द्र मगरले पानीको पर्याप्त स्रोत नभएकोले मालवासे क्षेत्रमा पानि निकैअभाव भएको वताए । ‘ हामी पानीको स्रोतको खोजीमा जुटेका छौ , नया योजना वनाएर खानेपानि योजना संचालन गर्छाै । ’ उनले   भने । अहिले विध्यालय र स्वास्थ्य चौकीमा पानीको वैकल्पिक ब्यवस्था गर्न तयारी भैरहेको उनले वताए ।

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.