Websoft University

लामखुट्टे नियन्त्रणको लागी औषधि छर्कन शुरु


गाईघाट ३० भदौ | रातो तारा डट कम,डेङगु रोगको संक्रमण फैलन थालेपछि कटारी नगरपालिकाले नगरभित्र लामखुट्टे नियन्त्रणको लागी औषधि छर्कन शुरु गरेको छ । कटारी अस्पतालमा विरामी भएर आएका रोगीहरुको परिक्षण गरीदा १० जनामा डेंगु पुष्टी भएपछि नगरपालिकाले फगिङ्ग मार्फत विहिवार देखि औषधि छर्कन थालेको मेयर राजेश श्रेष्ठले वताए । पाच दिन अघि अस्पतालमा ज्वरो आएको विरामीको जाच गर्दा डेंगु देखीएपछि नगरपालिकाको समन्वयमा जनचेतनामुलक सन्देस संगै स्वास्थ्य सम्वन्धि याली समेत प्रदर्शन गरीएको मेयर श्रेष्ठले वताए । उनले सुरक्षाको सवै उपाय अवलम्वन गरीने वताए । लामखुट्टे को वासस्थान रहने ग्यारेज को सफाई, पानि जमेको खाल्टा  खुल्लीहरु नगरपालिकाले पुरीसकेको उनले वताए । डेंगु वाट संक्रमीतहरुको कटारी अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले वताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.