Websoft University

नेपाल महिला संघ सुन्दरहरैचाले जेष्ठ आमाहरुलाई दर खुवाएर सम्मान गर्दै मनाए


स्वतन्त्र पत्रकार - तेजेन्द्रबहादुर भण्डारी,
मोरङ बिहीबार, भदौ  २ गते | रातो तारा डट कम,नेपाल महिला संघ सुन्दरहरैचाले जेष्ठ आमाहरुलाई दर खुवाएर सम्मान गर्दै मनायो तिज विशेष कार्यक्रम


मोरांगको सुन्दरहरैचा वार्ड नं ३ स्थित लक्ष्मी नारायण मन्दिरको प्रांगणमा नेपाल महिला संघ सुन्दरहरैचा ३ ले जेष्ठ आमाहरुलाई दर खुवाएर, दोसल्ला ओडाएर सम्मान गर्दै नाच गान गर्दै तिज विशेष कार्यक्रम मनाएको छ। प्रदेश सांसद तथा महिला संघ मोरंगकी जिल्ला अध्यक्ष शान्ता पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल महिला संघ सुन्दरहरैचाकी अध्यक्ष देविका चिमरियाको सभापतित्व रहेको थियो।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले आउदै गरेको हरितालिका तीजको अवसरमा सम्पूर्ण महिलाहरु लाई शुभकामना व्यक्त गरेकी छन् भने उक्त कार्यक्रममा सुन्दरहरैचा वार्ड नं ३ की वडा सदस्य पूनम रिजालले स्वागत मन्तव्य राखेकी थीईन्। कार्यक्रममा राजनीतिक साथै सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.