Websoft University

अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिको दोस्रो दिन ९ खेलहरु सम्पन्न


इटहरी । रातो तारा डट कम,इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरीमा जारी अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिको दोस्रो दिन आज (मंगलवार) ९ खेलहरु सम्पन्न भएका छन । इटहरी क्रिकेट रंगशालाको इन्डोर क्रिकेट हलमा भएको खेलमा वाइ पोनटिङले सेक्रेट हार्ड, ग्रीन पिसले डिभिएम, महेन्द्र मेमोरियलले विश्व आदर्श र माउन्ट मकालुले कोशीलाई पराजित गरेको छ । आजै भएको अन्य खेलमा पशुपतिले लर्ड बुद्ध, तथा सुनसरीले एसओएसलाई पराजित गरेको छ । 

सोमवार देखी जारी प्रतियोगिताको पहिलो दिन पनि ९ खेलहरु सम्पन्न भएका थिए । बिहीवार फाइनल हुने प्रतियोगिताको चार समुहका विजेताहरुले सेमिफाइनल खेल्ने छन । प्रतियोगिताको तेस्रो दिन बुधवार लिग चरणका ६ तथा २ सेमिफाइनल खेल हुने इटहरी क्रिकेट एकेडमीका सचिव तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले जनाएका छन । 

प्रतियोगिताको विजेता टोलीले मेडल, ट्रफी र प्रमाण पत्र पाउने तथा उत्कृष्ट ३५ खेलाडीलाई इटहरी क्रिकेट एकेडमीले सम्बन्धित विद्यालयसँगको समन्वयमा नियमित प्रशिक्षण दिनेछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.