Websoft University

इटहरी स्थित आफनै कार्यालय रहेको भवनमा एक्सपर्ट ग्रान्ड एडुकेशन फेयर

 


मोरङ भाद्र ७गते | रातो तारा डट कम,इटहरी स्थित आफनै कार्यालय रहेको भवनमा एक्सपर्ट ग्रान्ड एडुकेशन फेयर


विगतका वर्षहरुमा नै यस वर्ष पनि एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेजले नेपालका प्रमुख शहरहरुमा एक्सपर्ट ग्रान्ड एडुकेशन फेयर २०२२ अगष्ट’ आयोजना गर्ने भएको छ।  उक्त कार्यक्रममा विदेश अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थी र अष्ट्रेलिया, क्यानडा, युके र अमेरीकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुले एक अर्कासंग प्रत्यक्ष रुपमा संवाद गर्न सक्नेछन् ।

एक्सपर्ट एडुकेशन भिजा सर्भिसेजले इटहरी स्थित आफनै कार्यालय रहेको भवनमा एक्सपर्ट ग्रान्ड एडकेशन फेयर २०२२.अगष्ट आयोजन गर्न लागेको हो ।

विगतका वर्षहरुमा पनि एक्सपर्टले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श प्राप्त गर्न सहज होस् भनेर विभिन्न फेयर तथा सेमिनारहरु आयोजना गर्ने गरेको एक्सपर्ट एजुकेशन भिसा सर्भिसेज इटहरी शाखा प्रबन्ध निर्देशक कमल तिमल्सिनाले प्रेस बिज्ञप्ति मार्फत जनाकारी गराएका छन् । विगतमा गरेका यस्ता कार्यक्रमहरुबाट हजारौं विद्यार्थीहरु लाभान्वित भएका र उनिहरुले विदेशमा आफ्नो अध्ययनको अभिलाष पुरा गर्न सफल भएको र  विगतका वर्षमा कोरोनाका कारण सिर्जित यात्रा प्रतिबन्धहरुका कारण प्रत्यक्ष रुपमा यस्ता कार्यक्रमहरु आयोजना गर्न सम्भव हुन नसकेका बताए।  उक्त परिस्थितिमा एक्सपर्टले यस्ता कार्यक्रमहरु भर्चुअल रूपमा सम्पन्न गराएर आफ्नो जिम्मेवारी पुरा गरेको थियो ।

वैदेशिक अध्ययनकालागि प्रमुख गन्तव्यको रुपमा रहेका राष्ट्रहरु अष्ट्रेलिया, क्यानडा, युके र अमेरीकाले आफ्नो देशमा अध्ययन गर्न आउन चाहने विदेशी विद्यार्थीका लागि सहज हुने आकर्षक नीतिहरु हाल अवलम्बन गर्न थालेका छन् । यसले विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई प्रचुर सम्भावनाहरू सृजना गरेको छ । नेपालका प्रमुख २१ शहरहरु तथा विश्वका १३ देशका ५० भन्दा बडी शहरहरुमा शाखाहरु संचालनमा रहेको एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेजले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विगत दुई दशक देखि आधिकारीक र विश्वसनिय परामर्श प्रदान गर्दै आएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विश्वसनिय जानकारीहरु प्रदान गर्ने उद्देश्यले यस संस्थाले विगतका वर्षहरुमा के यस वर्ष पनि नेपालका प्रमुख शहरहरु धनगढी, नेपालगञ्ज, बुटबल, पोखरा, नारायणगढ़, हेटौडा र भाद्र ८ गते तद अनुसार २०२२ अगष्ट २४  तारीक बुधवारका दिन इटहरी स्थित आफनै कार्यालय रहेको भवनमा एक्सपर्ट ग्रान्ड एडकेशन फेयर २०२२.अगष्ट आयोजन गर्न लागेको हो । यस कार्यक्रममा हामीले करिव ५०० देखी १००० विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहने अपेक्षा राखेको निर्देशक तिमल्सिनाले बताए।

नेपालका विभिन्न शाखाहरु मध्येको एक इटहरी शाखाले विगत १ दशक देखी यस क्षेत्रमा आफ्नो सेवा पुयाइ पुर्व क्षेत्रका विभिन्न स्थानहरुका विद्यार्थीहरुलाई अष्ट्रेलिया, बेलायत, क्यानडा तथा अमेरिकामा आफ्नो शैक्षिक उन्नयनकालागि सहजिकरण गर्दै आएको छ । सो दैरानमा यस शाखाले करिब १००० भन्दा वढि विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि परामर्श प्रदान गरिसकेको छ ।उक्त कार्यक्रममा विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, युके र अमेरीकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुसंग प्रत्यक्ष संवाद गर्न सकिनेछ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.