Websoft University

प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा चियापान कार्यक्रम सम्पन्न


बिराटनगर, भाद्र ४ गते । नेपाल प्रहरी श्रीमती संघको ३८ औ बार्षिक उत्सवको अवसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा महिला बालबालिका तथा जेष्ठ नागरिक, मानव सेवा कल्याण क्षेत्रमा काम गर्ने बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

चियापान कार्यक्रममा मानव सेवा कल्याण क्षेत्रमा कार्य गर्ने बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र प्रहरी नायव महनिरीक्षक सुदिप गिरी बिच अन्तरक्रिया कार्यक्रम समेत भएको थियो ।  नेपाल प्रहरी श्रीमती संघले बिगत देखि नै सामाजिक क्षेत्रमा बिबिध कार्यहरु गर्दै आईरहेको सन्दर्भमा आफ्नो ३८ औ बार्षिकोत्सवको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको हो । 
कार्यक्रममा प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरीक्षक नविनराज राई, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.