Websoft University

मधाहा एकता टोल विकास संस्था सुन्दरहरैंचाले गर्यो सरसफाई कार्यक्रम


शिव भट्टाराई, साउन २८ गते शनिबार-मोरङको सुन्दरहरैंचा वार्ड नं ७ स्थित मधाहा एकता टोल विकास संस्थाद्वारा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। सामाजिक एकता र सद्भाव कायम गर्न र वातावरण स्वच्छ बनाउनका लागि आयोजना गरिएको यस कार्यक्रममा संस्थाका अध्यक्ष अनिल घिमिरेको अध्यक्ष्यता रहेको थियो।


सरसफाई कार्यक्रम अन्तर्गत माधाहा एकता टोल विकास संस्थाले गोठगाउँ बजार तथा गाउँमा भएका फोहोरहरु सरसफाई गरेको छ। सरसफाई कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी साथै स्थानीयबासीहरुले सहभागी जनाएका थिए।

त्यसैगरी आगामी दिनमा पनि सुन्दरहरैंचाका विभिन्न क्षेत्रमा सरसफाई कार्यक्रमलाई निरन्तरता दिने, महिला लक्षित तिज विशेष कार्यक्रम गर्ने, विद्यालयका विद्यार्थीहरुलाई रचनात्मक कार्यक्रम गर्ने समाज र संस्था बिचको सुमधुर सम्बन्ध विकास गर्ने योजना रहेको मधाहा एकता टोल विकास संस्थाका उपाध्यक्ष बालकृष्ण गौतमले बताएका छन्। त्यसैगरी गोठगाउँ विश्वविद्यालय टोल विकास समितिले पनि शनिबार बिहानै गोठगाउँ देखि विश्वविद्यालय सम्मको बाटो सरसफाई गरिएको अध्यक्ष साजन भट्टराईले जानकारी दिएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.