Websoft University

शिक्षादीप मेनेजमेन्टले गर्यो अभिमुखिकरण गोष्ठी


विराटनगर साउन ३० गते | रातो तारा डट कम,विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले कक्षा ११ मा भर्ना भएका १६ औ ब्याचका व्यवस्थाप संकायका भर्ना भएका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण गोष्ठी सोमबार सम्पन्न गरेको छ ।


गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका भएका ३ सय ५७ जना विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नेम्सका निर्देशक डा. नविन शर्मा ,विराटनगर महानगरपालिकाका पूर्व प्रमुख भीम पराजुली, कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, व्यस्थापन संकायका कार्यक्रम संयोजक शंकर भट्टराई, कलेजका संस्थापक शैलेन्द्र शिवाकोटीलगायतले बोलेका थिए ।

अभिमुखिकरणमा सहभागी भएका विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेज शिक्षादीप भएकोले हाम्रो रोजाईमा परेको विद्यार्थी अनुसा भट्टराई, आयूस कर्ण र अमन झाले बताए ।

यस अघि आइतबार कलेजले विज्ञान संकायका ७ सय १० जना विद्यार्थीलाई अभिमुखिकरण गोष्ठी गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.