Websoft University

विराटनगरको ऐतिहासिक मानिने राधाकृष्ण रथयात्रा हजारौ भक्तजन सहभागि भएका छन् ।


स्वतन्त्र पत्रकार,तेजेन्द्र बहादुर भण्डारी-
विराटनगर भाद्र ४ गते | रातो तारा डट कम,कोरोना महामारीका कारण दुई वर्ष रोकिएको विराटनगरको ऐतिहासिक मानिने राधाकृष्ण रथयात्रा हजारौ भक्तजन सहभागि भएका छन् ।


तर कोरोना महामारीका कारण २०७७ र २०७८ सालमा रथयात्रा भएन् । माहामारीको जोखिमकाबीच आज निकालिएको रथयात्रामा हजारौ भक्तजन सहभागि भएका हुन् ।

प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको अवसरमा निकालिने यो रथयात्राले ५४ औं संस्करण पुरा गरेको छ । विराटनगर १ मा रहेको राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजेर ५० मिनेटमा रथयात्रा सुरु भएको हो ।

तीनपैनीबाट निकालिने रथ यसअघि मेन रोडबाट ट्राफिक चोक, हिमालय रोड हुँदै कोशी लोक मार्ग प्रवेश गराएर बरगाछीबाट मन्दिरतर्फ लैजाने गरिएको थियो ।

सौन्दर्यीकरणको कामले हिमालय रोडमा अवरोध भएका कारण रथलाई रोडशेष चोकबाट घुमाएका छन् ।

विक्रम संवत १९८९ सालबाट सुरु भएको खट यात्रालाई पछि गएर रथयात्रामा परिणत गरिएको हो । २०२५ सालदेखि विराटनगरमा रथयात्रा गरिँदै आएको छ । कोरोनाका कारण रथयात्राको ५२ र ५३ औँ संस्करण भने खट यात्रामा सीमित भयो । दुई वर्ष राधाकृष्णको युगल जोडीलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो ।

रथ २२ फिट लम्बाई, १४ फिट चौडाइ र १८ फिट उचाइको रथ तयार पारिएको छ । विराटनगरको रथयात्रालाई दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथयात्रा मान्ने गरिन्छ ।

रथयात्राको अवलोकन गर्न नेपालका विभिन्न जिल्ला र छिमेकी मुलुक भारतबाट समेत भक्तजन आएका छन् ।

रथयात्रालाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार रथयात्रालाई सुरक्षित र मर्यादित बनाउन सुरक्षाकर्मी परिचालन, निगरानी र आन्तरिक व्यवस्थापन लगायतका सुरक्षा रणनीति बनाइएको छ ।

रथयात्राको सुरक्षाका लागि नेपाल र सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरिने छ । ९ सय ६० जनाभन्दा बढी सुरक्षाकर्मी रथयात्राका लागि परिचालित गरिएको छ । नेपाल प्रहरीका तीन जना डिएसपी फिल्डमा खटिएका छन् |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.