Websoft University

रोटरी क्लब डाउनटाउनद्धारा तीन महिने सिलाई कटाइ तालिम सुरु


विराटनगर । रातो तारा डट कम, गृहिणी महिला र किशोरीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा महिलाहरूका लागि तीन महिने सिलाइ कटाइ सम्बन्धी तालिम सुरु भएको छ । 

निरन्तर सामाजिक कार्यमा सक्रिय रहेको क्लबले विराटनगर ४ खारजीमा रहेका आर्थिक अवस्था विपन्न रहेका महिलाहरूलाई लक्षित गरी तीन महिने सिलाई कटाइ सम्बन्धी तालिम सोमबारबाट सुरु भएको हो । 

विपन्न महिलाहरूलाई सीप सिकाएर स्थानीय स्थरमा रोजगारको बावतरण सृजना गर्ने उद्देश्यले सिलाई कटाइ तालिम दिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् । तीन महिनासम्म सञ्चालन हुने तालिममा २० जना महिलाहरूको सहभागिता रहेको क्लबकी सचिव नमिता टिवडेवालले बताइन् । 
तालिमको उद्घाटनमा विराटनगर ४ का वडाध्यक्ष जितेन थापाले गरे । कार्यक्रममा सन्तोष तोदी, मुक्ता तोदी, लता तोदी, निरु नेवटिया, क्लबका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको डाउनटाउनकी पब्लिक इमेज कमिटी चेयर सपना सिंघलले जानकारी दिइन् ।
रोटरी क्लब विराटनगर डाउनटाउनले यसअघि पनि थुप्रै सामाजिक कामहरू गर्दै आएको क्लबकी अध्यक्ष राठीले जानकारी दिइन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.