Websoft University

उपप्रमुख कार्कीद्वारा वडा र शिक्षा महाशाखाको अनुगमन


विराटनगर भदौ २ गते | रातो तारा डट कम, विराटनगर महानगरपालिकाले मातहतका कार्यालयहरुको अनुगमनलाई तीव्रता दिएको छ ।


कार्यालयमा कर्मचारी नभेटिने, भेटिए पनि छिटोछरितो रुपमा काम नगर्ने जनगुनासो आएपछि महानगरले अनुगमनलाई तीव्रता दिएको हो । महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले बिहीबार वडा कार्यालय र शिक्षा महाशाखाको अनुगमन गर्नु भयो । उपप्रमुख कार्कीले आज ७ र ८ वडा कार्यालयको अनुगमन गर्नु भयो । सो क्रममा कतिपय कर्मचारी एकैठाउँमा जम्मा भएर गफ गरिरहेको भेटिएको थियो । यस्तै कर्मचारी नभएको कोठामा फेन र बत्तीसमेत खुल्ला रहेको भेटिएको उपप्रमुख कार्कीले जानकारी दिनुभयो । वडास्तरदेखि नै छिटोछरितो काम भएमा जनगुनासो आउने क्रममा कमी आउने उहाँको भनाइ थियो । “वडास्तरदेखि नै जनताका काम सहज रुपमा हुनुपर्छ,” उहाँले भन्नुभयो, “त्यही भएर हामीले वडा र सम्बन्धित महाशाखाको अनुगमलाई निरन्तरता दिइरहेका छौं ।” उहाँले जनताको कामलाई चुस्तदुरुस्त बनाउन कर्मचारीहरुलाई निर्देशनसमेत दिनुभयो । यस्तै उपप्रमुख कार्कीले बिहीबार नै सरस्वती टोलमा रहेको शिक्षा महाशाखाको समेत अनुगमन गर्नुभयो । उपप्रमुख कार्कीले तीवटैकार्यालयको हाजिरी पुस्तिकासमेत चेकगर्नु भएको थियो ।

केही दिनअघि महानगर प्रमुख नागेश कोइरालाले वडा नम्बर १५ र रानी स्वास्थ्य चौकीको अनुगमन गर्नु भएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.