Websoft University

शिक्षादिप कलेजले शुरु गर्यो वैकिङ तथा वृतिय साक्षरता कार्यक्रम


विराटनगर साउन ६ गते । रातो तारा डट कम,नियमित तथा फरक तरिका शिक्षा दिँदै आएको विराटनगरमा रहेको शिक्षादिप कलेजले वैकिङ तथा वृतिय साक्षरताकार्यक्रमको शुरुगरेकोछ ।


कलेजले कलेजमा व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीलाई हप्तामा एक पटक पाठयक्रमान्दा अतिरिक्त कक्षा सञ्चालन गरेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले बताए अतिरिक्त कक्षाले सिए, वैकिङ र लोकसेवालगायतका तयारीमा सहयोग पुग्ने प्रिन्सिपल खडकाले जानकारी दिए ।

पहिले सेसनमा वैकिङ तथा वृतिय सम्बन्धि निलम भट्टराई र शेलेन्द्र शिवाकोटीले सहजिकरण गरे भने दोस्रो सेसनमा सिए किञ्जन पोखरेलले चार्टर एकाउण्टेण्ड सम्बन्धि सहजिकरण गरेको को–अर्डिनेटर शंकर भट्टराई बताए । अहिले कक्षा १२ का करिव ३७० जना विद्यार्थी सहभागि रहेको कलेजले जनाएको छ ।

विद्यार्थीको वृति विकास सम्बन्धि कार्यक्रमलाई नियमितरुपमा सञ्चाल गरिने को–अर्डिनेटर भट्टराई जानकारी गराए । प्रत्येक शुक्रबार पाठउक्रम रहेको भन्दा अतिरिक्त कक्षा सञ्चालन भएको सायद विराटनगरमा पहिलो रहेको भट्टराईको भनाइ   छ  । पछि कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई पनि यो अरतरित्तः कक्षा सञ्चाल गरिले कलेजले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.