Websoft University

नदीजन्य पदार्थ ढुङ्गा अबैध रुपमा उत्खनन् गर्ने ४ टिफर र ५ ट्रयाक्टर नियन्त्रणमा


मोरङ, असार २६ गते । रातो तारा डट कम,मोरङको इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय उर्लाबारीले नदीजन्य पदार्थ ढुङ्गा अबैध रुपमा उत्खनन् गर्ने ४ टिफर र ५ ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

आज मोरङको केराबारी गाउँपालिका-३ स्थित रहेको हचुवा खोलाबाट नदीजन्य पदार्थ ढुङ्गा अबैध रुपमा उत्खनन् गरीरहेको

अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ढुंगा लोड भएको को.१ त ५२५३, मे.१ त ५१०५ र को. २ त ७७८२ नम्वरको ट्रयाक्टर नियन्त्रणमा लिएको हो । यसै गरी इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको गस्ति टोलीले उर्लाबारी नगरपालिका-४ स्थितबाट अवैधरुपमा ढुंगा बोकी लादै गरेको अवस्थामा बा.५ख ३८०७, मे.१ख २८२४, प्रदेश १-०२-००१ ख ८६९५, प्रदेश १-०२-००१ ख ८५५२ नम्वरको टिफर र प्रदेश १-०४-००१ त ४२०,  प्रदेश १-०१-००१ त ८५३८ नम्वरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.