Websoft University

वोलेरो गाडी दुर्घटना


गाईघाट ३० असार । रातो तारा डट कम,वोलेरो गाडी दुर्घटनामा घाइते भएका कटारी नगरपालिका १३ का १८ वर्षिय विष्णु राउतको वुधवार राती उपचारको क्रममा मृत्यु भएको छ । धरान स्थीत विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । कटारी देखी मैयंखु तर्फ जादै गरेको प्रदेश २–०१–००१ च ०२४३ नम्वरको भाडाको वोलेरो गाडी कटारी नपा –४अड्डा कुना स्थीत सिद्धिचरण राजमार्गमा वुधवार दिउसो दुर्घटना हुदा नौ जना गम्भीर घाइते भएका थिए । घाइते सवैको विपिमा उपचार भैरहेको निमित्त सुचना अधिकारी प्रहरी निरिक्षक मोहन थापाले वताए । गाडीका चालक कटारी नपा मैयंखु वस्ने वर्ष २३ का पोष राज खत्री लाई नियन्त्रणमा लिएको थापाले वताए । तिव्र गतीको कारण वोलेरो दुर्घटना भएको प्रहरीले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.