Websoft University

इन्टरनेटको सेवाले पत्रकार भन्दा नागरिक अघि


मोहन कुमार राई - जेष्ठ २८ गते । रातो तारा डट कम, संखुवासभा, इन्टरनेटको सुविधा नागरिकले पाए सँगै पत्रकारहरु भन्दा नागरिक अघि बढिरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन हमालले एक कार्यक्रमका वीच वताउनुभयो ।


जिल्लाको खाँदवारी नगरपालिका स्थित होटल अर्किटमा सञ्चालित दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता वृद्धि तालिम उद्दघाटनको अवसरमा महानिर्देशक हमालले यस्तो वताउनुभएको हो । इन्टरनेटको पहुँचसँगै पत्रकार भन्दा नागरिक अघि बढेसँगै  सकारात्मक तथा नकारात्मक सन्देस सामाजिक सञ्जालको माध्यमबाट फैलनेहुँदा समाजमा ठूलो खैलावैला हुने गरेकोले यसलाई हटाउन पत्रकार सक्रिय रहनुपर्ने समेत निर्देशक हमालले वताउनुभयो । 

महानिर्देशक हमालले पत्रकारहरुले जति योगदान देशका लागि गरिरहेको छ, राज्यले सहिसमयमा सहि सम्बोधन गर्नुपछ भन्नुभयो । सूचना तथा प्रसारण विभागले १२ वर्ष देखि घुम्ती शिविर सञ्चालन गर्दै आएकोमा संखुवासभा जिल्लामा यो दोस्रो पटक रहेको समते महानिर्देशक हमालले वताउनुभयो । 

कार्यक्रमका सभापति एव पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाका सभापति इन्द्र गिरीले जिल्लामा ४ वटा साप्ताहिक पत्रिका, ९ वटा एफ एम रेडियो, १ अनलाइन पत्रिका सञ्चालित रहेको वताउनुहुँदै जिल्ला स्थित रहेका सबैखाले पत्रकार सञ्चारकर्मीहरुका लागि यो क्षमता अभिवृद्धि तालिमले थप उर्जा प्रदान गर्ने साथै सूचना तथा प्रसारण विभागले सञ्चालन गरेको यो घुम्ती शिविरले प्रेश पास, नविकरण, अनलाइन दर्ता लगायतको सेवा प्राप्त गर्ने अवसर मिलेकोले सबैलाई सेवा लिन आग्रह गर्नुभयो । जिल्ला स्थित पत्रकारहरु, घुम्ती सिविरको टोली सहितको उपस्थिति रहेका कार्यक्रममा आज शनिवारबाट ३ दिन सम्म सञ्चालन हुने तालिमको सहजीकरण सूचना तथा प्रसारण विभागका शाखा अधिकृत डा. विजय प्रसाद मिश्रले गर्नुहुने समेत सभापति गिरीले जानकारी दिनुभयो । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.