Websoft University

महिलाका लागि बेहुली जुत्ता र थैली तालिम


विराटनगर असार ९ गते । रातो तारा डट कम, विराटनगरस्थित हाम्रो प्रयास नामक संस्थाको आयोजनामा बेहुली जुत्ता र थैली तालिम सम्पन्न भएको छ । 

विराटनगर महानगरपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा सञ्चालित तालिम बिहीबार सम्पन्न भएको हो । सात दिनसम्म सञ्चालन भएको तालिममा बेहुली जुत्ता र थैली बनाउन सिकाइएको थियो । तालिममा सिकेको सीपबाट महिलालाई घरमै बसेर स्वरोजगार बन्न सहयोग पुग्ने वडा नम्बर १ का वडाध्यक्ष काजी बस्नेतले बताए । 

उनले वडाभित्रका महिलालाई स्वरोजगारमूलक तालिम दिएर आत्मनिर्भर बनाउने अभियानमा आफू लागिपरेको प्रस्ट्याए । वडाध्यक्ष बस्नेतले आगामी दिनमा पनि महिलाका लागि अन्य तालिम सञ्चालन गरिने जानकारी दिए । तालिममा सहभागीहरुलाई वडाध्यक्ष बस्नेतले प्रमाणपत्र प्रदान गरेका थिए । तालिममा १० जना महिलाको सहभागिता रहेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.