Websoft University

धरानको जलाधार सरक्षणमा प्रदेश सरकारको भुमीका


सुनसरी धरान जेठ २७ गते । रातो तारा डट कम,धरानमा पानीको समस्यालाई दिगो समाधान गर्ने हो भने यहाका चु्रे क्षेत्रमा रहेका सवै खाले जलाधारहरुको सरक्षण गर्नुको विकल्प नरहेको धरानका वुद्धिजीवीहरुले साझा धारणा व्यतm गरेका छन । 


विश्व वातावरण दिवशको अवसरमा वातावरण तथा पर्यटन विकाश केन्द्र धरानले आयोजना गरेको  अन्तरक्रिया कार्यक्रममा वोल्नु हुदै पानी विज्ञ प्रकाश शाक्यले धरानवरीवरी पानी नै पानीका मुहानहरु भए पनि तर त्यसको राम्रो सरक्षण र प्रयोग हुन नसक्दा सधै पानीको हाहाकार हुने भोग्नु र परेको वताए ।

यसै गरी तिनधारे जलाधार सरक्षण समितिका अध्यक्ष जोगेन्द्र विश्वकर्माल कुनै वेला विजयपुर डाडाको वरीपरी रहेका एकल धारे, दुई धारे ,तिनधार,े तुकर्,े गैरी कुवा र गौधाराको पानीहरु  धरान वजारसवै जनताले खाने गर्दथे तर आज विजयपुर डाडामा अव्यवस्थीत वसोवासले गर्दा ति जलकुवाहरु मासीन्दै गएको वताए । तर अझै पनि यी जलाधार क्षेत्रको सरक्षण गर्न सके हजारौ नगरवासीले पानीको समस्या भोग्नु नपर्ने उनले वताए । 

वातावरण तथा पर्यटन विकाश केन्द्र का अध्यक्ष आनन्द श्रेष्ठले धरान माल पाएर चाल नपाएको शहर भएको आरोप लगाउदै यहाका सर्दु जलधार क्षेत्रको पानीलाई  मात्र राम्रो उपयोगमा ल्याउन सके धरानको जनसख्यालाई ३० वर्ष लाई धान्ने पानी भएको कुरा आफनो सस्थाले गरेको अनुसन्धानवाट पता लगाएको कु्रा वताउनु भएको छ ।उनले धरानको जलाधार क्षेत्रको सरक्षणमा प्रदेश सरकारको भुमी अपरीहार्य रहेको वताए ।  

प्रदेश न १ को वन तथा वातावरण मन्त्रालयको सहयोगमा आयोजना भएको सो अन्तरकृया कार्यक्रममा सर्दु जलाधार क्षेत्रका उपल्लो भागका र मध्यम भागका उपभोतmाहरुको राम्रो सहभागीता रहेको थियो । 

सोहि दिन धरान ३ स्थित तिनधारे जलाधार क्षेत्र र सर्दु जलाधार क्षेत्रमा सरसफाई कार्यक्रम गरीएको थियो । सो कार्यक्रममा विहानै देखि हातमा झाडु वोकेर स्थानिय जनताहरु जलाधार क्षेत्रको सफाईमा लागेका थिए । सफाई कार्यक्रममा सहभागि धरान ३ का नवनिर्वाचित वडाध्यक्ष विध्या शा्कयले हामी अव प्रदेश सरकारको सहयोगमा नमुनाको जलाधार क्षेत्र वनाउन लागि परेको वताए । अहिले सम्म कसैले वास्ता नगरेको तिनधारे जलाधार क्षेत्र लाई सुन्दर पर्यटकिय क्षेत्र वनाउनको लागी विज्ञहरुद्धारा अध्ययन गराउन थालिएको वताए ।    


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.