Websoft University

लागु औषध सहित दूई यूवा विहीवार साझ पक्राउ परे

 


(फायल फोटो)गाईघाट –३ असार  । रातो तारा डट कम,लागु औषध सहित  दूई यूवा विहीवार साझ पक्राउ परेकाछन् । इलाका प्रहरी कार्यालय बेलटार बाट सुरक्षा चेकजाचमा खटिएको प्रहरी टोलीले प्रदेश १ –०५–००१ प १४०७ नम्वरको मोटरसाइकलमा सवार चौदण्डीगढी नगरपालिका–६ बेलटारका २९ बर्षिय अनिल काफले र २५ बर्षिय कालु राई लाई फेनारगन २८, एम्पुल , लिजेसीक २८ र डाइजेपाम २९ एम्पुल सहित प्रक्राउ गरेको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरिक्षक नविन राइले बताए । प्रक्राउ परेका दूवै जना लागु औषध सेवनकर्ता रहेको  खुलेकोछ । ृउनीहरु माथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.