Websoft University

लहरीको ठक्करबाट एक जनाको मृत्यु


सुनसरी, २०७९ जेठ २७ गते । सुनसरीको दुहवी नगरपालिका ५ बुढीपुल स्थित कोशी राजमार्गमा लहरीको ठक्करबाट मोटरसाईकल पछाडी सवार एक जना महिलाको मृत्यु भएको । मृत्यु हुनेमा ईटहरी उपमहानगरपालिका २० बस्ने ५८ बर्षीया कृष्ण कुमारी खवास रहेकी छन् । हिजो दिनको ३ बजे उनकै श्रीमान ६६ बर्षीय मछिन्द्र खवासले चलाएको को २८ प ८५४४ नम्बरको मोटरसाईकलको पछाडी बसी जादै गर्दा बिपरित दिशाबाट आएको ग्ए छठब्त् घडघठ नम्बरको भारतिय लहरीले ठक्कर दिँदा उनको घटनास्थलमानै मृत्यु भएको थियो भने चालक सामान्य रहेका छन् । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी टोली खटि गई लहरी र लहरी चालक भारत कुसिनगर जिल्ला बस्ने ४५ बर्षीय मन्नु यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.