Websoft University

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


विराटनगर जेठ २७ गते । रातो तारा डट कम,विराटनगर महानगरपालिकाको आयोजनामा आजदेखि विराटनगरमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । 


वर्षाका कारण शहीद रंगशालामा हिलो भएपछि विराटनगर–९ ठाकुरवाडीस्थित सरस्वती माविको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोइरालाले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको विचार राख्नुभयो । उहाँले विद्यालयको पठनपाठनसँगै खेलकुदमा पनि लाग्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । राष्ट्रियस्तरको प्रतियोगिता जितेर आउने विद्यार्थीलाई महानगरले पुरस्कृत गर्नेसमेत उहाँले बताउनुभयो । 

कार्यक्रममा महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले महानगरका माध्यमिक स्तरका विद्यार्थीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेजानकारी दिनुभयो । उहाँले तीनदिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले पालिकास्तरीय प्रतियोगितामा भाग लिने उहाँको भनाइ थियो ।

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम लमजमलगायतका खेल समावेश गरिएको छ । प्रतियोगितामा महानगरपालिकाभित्रका १३ विद्यालयका करिब ५ सय विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.