Websoft University

एसपीपी केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि– विश्वप्रकाश शमा


काठमाण्डौ असार ५ गते । रातो तारा डट कम, सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम अर्थात अमेरिकि राज्य स्तरको सहकार्य कार्यक्रम एसपीपी केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको दाबी गरेका छन । महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नो पार्टी काँग्रेसलाई आक्षेप लगाउने ढंगले संसदमा बोले पनि त्यसको २४ घण्टा नबित्दै सो प्रोग्राम ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको बताउनुभयो । उहाँले कूटनीतिक मर्यादा विपरित सो प्रोग्राममा सामेल भएर नेपाली सेना पनि विवादमा पहिलो पटक सामेल भएको भन्दै असन्तुष्टि समेतव्यक्तगर्नुभयो । नेपाल शिक्षक संघ, ललितपुरले हिजो पाटनढोकामा आयोजना गरेको एक कार्यक्रममा उहाँले सो प्रोग्राम राष्ट्रको हितमा नभएकाले अघि नबढाउने कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारिसकेको उल्लेख गर्दै नेपालले मुलुकको हित विपरितका कुनै पनि सन्धि, सम्झौता नगर्ने दोहो¥याउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.