Websoft University

 


गाईघट –६ जेष्ठ। रातो तारा डट कम,पहिलो पटक स्थानिय तहको निर्वाचनमा भाग लिएर लोपोन्मुख हायू समुदायका ३९ वर्षिय अनन्त हायू जनप्रतिनिधिमा चुकीएकाछन् । उदयपुरको कटारी नगरपालिका–११ को वडा अध्यक्षमा निर्वाचित भए संगै हायू समुदाय बाट जनप्रतिनिधि हुने उनी पहिलो बनेकाछन् । नेकपा (एमाले ) बाट उम्मेदवार बनेका उनले कागे्रस र माओवादीको गठवन्धन बाट उम्मेदवार बनेका माओवादी केन्द्रका दिपक बुढाथोकीलाई ३ मतको अन्तरले पराजीत गरेका हुन् । २०७४ को निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित बुडाथोकी ले ४ सय १२ मत पाउदा उनले ४ सय १५ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएकोछ । अघिल्लो चुनावमा पार्टीको उम्मेदवार पराजीत भएपछि संगठनको काममा बढी केन्द्रीत भएर वडामा खटेकोले परिणाम आपूm अनुकुल  ल्याउन सफल भएको उनले बताए ।हायू एसएलसी उतिर्ण गरेर भेटेनरी र जेटिए अध्यन गरी गाउमै बसेर काम गर्दै आएका थिए । कृषकले बोलाए पछि दिन रात नभनी उनी सेवामा निरन्तर खटी रहने उनले जीतको प्रमुख आधार पनि गाउघरमा पु¥याएको सेवा नै रहेको हायू बताउछन् । उनले लोपोन्मुख हायू समुदायको उल्थान को लागी विशेष कार्यक्रम ल्याएर काम गर्ने बताए । त्यसैगरी वडामा खानेपानी , स्वास्थ्य सेवा र शिक्षामा बढी– जोड दिने  उनले बताए ।उनले नेकपा एमालेको सदस्यता २०६४ सालमा लिएका थिए। पार्टी सदस्य बनेपछि उनी फुर्सदको समयमा निरन्तर पार्टिको काममा खट्दै आएको पार्टि अध्यक्ष परमेश्वर घिमीरेले बताए । जिल्लाकै विकट पहाडी भेग मानीने वडा न.११ मा हायू समुदायको ५ घर  परिवार बाट  ३५ जना मतदाता रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.