Websoft University

सवारी दुर्घटना २ जनाको मृत्यु


बिराटनगर, २०७९ जेठ ६ गते । रातो तारा डट कम ,झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका(२ रामचोकमा प्रदेश १(०१(००१ ख ३५९४ नम्बरको ट्रकले ठक्कर दिंदा पैदल यात्री बिर्तामोड(४ का ५२ बर्षीय टंक काफ्लेको मृत्यु भएको हो । सडकमा रोकीराखेको ट्रक सडकमा निकाल्नका लागी ब्याक गर्ने क्रममा ट्रकको पछाडीको भागले ठक्कर दिंदा घाईते भएका काफ्लेलाई उपचारको लागी बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा चालक र ट्रकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । यसैगरी  मोरङको सुनवर्षी नगरपालिका(६ मा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बिहिवार दिउँसो अमरदहको भित्री सडक खण्डमा को २ त १४३७ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकमा दुर्घटना हुँदा घाईते भएका सुनवर्सी नगरपालिका(५ का ४५ बर्षीय राज कुमार सरदारलाई उपचारको लागी बि।पी। कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको  ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.