Websoft University

वैशाख ३० गते यातायात बन्द


काठमाण्डौ बैशाख २७ गते । रातो तारा डट कम, स्थानीय तहको निर्वाचन हुने दिन अर्थात वैशाख ३० गते यातायात बन्द गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न यस्तो निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेललेजानकारी दिनुभयो ।

अत्यावश्यक सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शब बाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत सेवाजस्ता अत्यावश्यक सवारी साधन सञ्चालनमा भने निरन्तर रहने आयोगले जनाएको छ । 

मतदान कार्य सम्पन्न नभएसम्मका लागि तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्य निषेध गर्ने निर्णय पनि आयोगले गरेको छ । आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६ सय ७६ निर्वाचन अधिकृतको कार्यालय, ७ प्रदेश निर्वाचन कार्यालय र ७० वटा जिल्ला निर्वाचन कार्यालयलाई मतदाता शिक्षा कार्यक्रम अन्तर्गत भोलि र पर्सि मतदान स्थलहरूमा सम्बन्धित मतदान अधिकृतहरूको नेतृृत्वमा मतदान गर्ने तरिकाबारे जानकारी गराउने अभियान चलाउन आयोगले निर्देशन दिएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.