Websoft University

मतदान अधिकृतलाइ आयोगको निर्देशन


काठमाण्डौ बैशाख २७ गते । रातो तारा डट कम, निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृतलाई मतपत्रमा हस्ताक्षर गर्दा सिसाकलमको प्रयोग नगर्न निर्देशन दिएको छ । आयोगले सिसाकलम बाहेक कालो, रातो, नीलो वा हरियो मसीमध्ये कुनै मसी प्रयोग भएको कलम, डट्पेनले हस्ताक्षर गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो । निर्वाचनका दिन बिहान ७  बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मतदान हुने सबै मतदान केन्द्रहरूमा वर्षातको पानीबाट मतदान कार्य र सो पश्चात मतगणना कार्य प्रभावित नहुनेगरी जोगाउन र निर्वाचन सामग्री समेतको सुरक्षा गर्न आवश्यक पर्ने पाल त्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्न पनि आयोगले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृतलाई निर्देशन दिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.