Websoft University

आज १ सय ३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस


काठमाण्डौ बैशाख १८ गते । रातो तारा डट कम, ‘मर्यादित श्रम, सुरक्षित रोजगारः विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि १ सय ३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, मनाइदैछ । 

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झना गर्दै आज विश्वभर श्रमिक दिवस मनाउने गरिदै आएको हो । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । 

सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखका दिन मजदुरहरुले मजदुर एकताको हुंककार फुक्दै, पर्वकै रुपमा श्रमिक दिवस मनाउन सुरु गरेका छन । विराटनरगमा २००७ सालमा मजदुर आन्दोलन पछि यो दिवस प्राथमिक्ताका आधारमा मनाउदै आएको पाइन्छ । 

वि.सं. २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसले प्राथमिक्ताएकाले सार्वजनिक बिदा दिन थालिएको पाइन्छ । दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रम र सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्न शुभकामना सन्देश मार्फत आह्वान गर्नुभएको छ ।  प्रधानमन्त्री, दलका नेताहरु, समेतले १ सय ३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस,का बारेमा शुभकामना दिनु भएको छ ।


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.