Websoft University

जंगली अर्नाको आक्रमणबाट खैजनपुरमा दुई जना शख्त घाईते


श्याम राई÷उदयपुर गाईघाट, २० बैशाख । रातो तारा डट कम, जंगली अर्नाको आक्रमणबाट मंगलबार विहान त्रियुगा नगरपालिकाको खैजनपुरमा दुई जना शख्त घाईते भएकाछन् ।

खैजनपुर नजिकैको सामुदायिक वनबाट बाहिर आएको एउटा अर्नाले बस्ती छेउमा आक्रमण गर्दा स्थानीय नन्द वहादुर बुडाथोकी र पन्चे सार्की घाईते भएको जिल्ला वन कार्यालय उदयपुरले जनाएको छ । नन्द वाहादुर स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएकाछन् । भने सार्की गम्भिर घाईते भएकोले उनलाई उपचारको लागि धरानस्थीत विपि कोईराला मेमोरियल अस्पताल लगिएको छ । गाउँले माथि आक्रमण गर्ने अर्ना नियन्त्रण गर्न वन सुरक्षाकर्मी र प्रहरीलाई जंगलमा परिचालन गरिएको साहायक वन अधिकृत जागेश्वर साहले बताए ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.