Websoft University

हावाहुरी रुख ढलेर चितवनमा ३ जनाको मृत्यु


काठमाण्डौ जेठ ७ गते । रातो तारा डट कम, चितवनमा हावाहुरीका कारण रुख ढलेर किच्दा तीन जनाको मृत्यु भएको छ । हिजो साँझ ७ बजे आएको हावाहुरीका कारण भरतपुर ११ भोजाड जङ्गल स्थित भित्रि सडक खण्डमा पदमपुरबाट आउँदै गरेको ना २ ह २२४७ नम्बरको अटोमाथि रुढ ढल्दा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अटो चालक भरतपुर ११ लामाटोलका अन्दाजी ५० वर्षका प्रदिप कुमार लामा र अटोमा सवार गोरखा गण्डकी गाउँपालिका ६ घरभई हाल भरतपुर ७ कटहर चोक बस्ने २८ वर्षका माया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले समचारमा जनाएको छ । अटोमा सवार सोही स्थानका २० वर्षका अबिता गुरुङ र वर्ष ५० वर्षका तुल माया गुरुङ सामान्य घाईते भएको प्रहरीले जनाएको छ । उनीहरूको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ । यस्तै हावाहुरीको कारण ढलेको रुखले किचेर भरतपुर ११ का ४८ वर्षका लोकनाथ अधिकारीको मृत्यु भएको छ । भरतपुर ११ बसेनिचोकमा विशाल चोकबाट आउँदै गरेको ना १ ज ६१४० नम्बरको म्याजिकलाई रुख ढलेर किचेको हो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.